काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले आफ्नो वार्षिक सेल्स मिट २०२६ सफलतापूर्वक सम्पन्न गरेको छ । होटल हिमालयमा आयोजित कार्यक्रममा देशभरबाट आएका ३० भन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरू सहभागी भएका थिए ।
कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल तथा निर्देशक गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो ।

सेल्स मिटमा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो । साथै, बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान र अन्तरक्रियात्मक छलफल पनि भएको कम्पनीले जनाएको छ । कार्यक्रमका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । कम्पनी नेतृत्वले कर्मचारीहरूको समर्पण, मेहनत र व्यवसाय विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेको जनाएको छ ।
कम्पनीका अनुसार अनुभव आदानप्रदान, अन्तरक्रियात्मक छलफल तथा नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्दै सम्पन्न भएको यस सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुका साथै आगामी लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको छ ।
अर्घाखाँची सिमेन्टले सही तौल, सही मूल्य, सही गुणस्तर भन्ने प्रतिबद्धतासहित गुणस्तरीय उत्पादन, ग्राहकप्रतिको विश्वास र निरन्तर सुधारलाई प्राथमिकतामा राख्दै नेपालको निर्माण क्षेत्रमा आफ्नो योगदानलाई अझ सशक्त बनाउँदै लैजाने विश्वास व्यक्त गरेको छ ।

