१२ श्रावण २०८३, मंगलबार 1785262763
Banner

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निमन्त्रणा

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ ।

भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेको हो ।

मंगलबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाइएको बताएका हुन् ।

पत्रकारले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको हो ? भनेर सोधेको प्रश्नमा प्रवत्ता जयसवालले सो बताएका हुन् ।

भ्रमणको मिति भने दुवै देशको आपसी सहमतिमा तय हुने जयसवालको भनाई थियो ।