२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 2:01 pm
समाचार

बाँकेको कोहलपुरमा सेफ्टी ट्याङ्कीभित्र निसास्सिएर तीन मजदुरको मृत्यु

सूचना प्रेस २०८३ श्रावण १३ बुधबार ००:००, १२:२३ बजे १ मिनेट पढाइ

बाँके : बाँकेको कोहलपुर नगरपालिका–३, शान्तिटोलमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र फसेका तीन मजदुरको मृत्यु भएको छ। बुधबार बिहान दयाप्रसाद थारुको निर्माणाधीन घरको आँगनमा बनाइँदै गरेको सेफ्टी ट्याङ्कीभित्र तीन जना मजदुर फसेको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कोहलपुरबाट प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालको कमाण्डमा १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीका अनुसार जेसीबीको सहायताले सेफ्टी ट्याङ्की फुटाएर तीनै जनालाई बाहिर निकालिएको भए पनि उनीहरूलाई मृत अवस्थामा फेला पारिएको हो। मृत्यु हुनेमा कोहलपुर नगरपालिका–३ का करिब ४०–४२ वर्षीय कालु थारु, २६–२७ वर्षीय प्रकाश थारु र ३३–३४ वर्षीय बिर्जा थारु रहेका छन्। घटनाको कारणबारे प्रहरीले प्रारम्भिक अनुसन्धान गरिरहेको जनाएको छ। मृतकहरूको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।