१३ श्रावण २०८३, बुधबार 1785336514
समाचार

सुनसरी घटनाको विरोधमा सप्तरीमा प्रदर्शन

सप्तरी : सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा प्रहरीको गोली लागेर युवकको मृत्यु भएको घटनाको विरोध गर्दै सप्तरी सदरमुकाम राजबिराज बन्द गरिएको छ । हनुमानगर बजार पनि बन्द गरिएको छ । तिरहुत गाउँपालिका -४ डिमनमा हुलाकी सडकखण्ड अवरुद्ध पारी प्रदर्शन भइरहेको छ ।

यसअघि कन्चनरुप नगरपालिका वडानम्बर – ११ सिमरा चोकमा युवाहरुले टायर बालेर पूर्वपश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेका थिए । उनीहरूले घटनाको निष्पक्ष छानबिन, पीडितलाई नि:शुल्क उपचार तथा क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गरेका छन् । यसैबीच, देवानगञ्जमा जारी कर्फ्युको असर छिमेकी जिल्ला सप्तरीमा समेत देखिन थालेको छ। पूर्वबाट हुने ढुवानी प्रभावित भएपछि खाना पकाउने एलपी ग्याँसको आपूर्तिमा समस्या उत्पन्न भएको व्यवसायीहरूले बताएका छन्।