काठमाडौं । नेपालमा इलेक्ट्रिक स्कुटर बजारलाई लक्षित गर्दै सारथी ECOOTER E3 अब रु. २,२७,००० को आकर्षक मूल्यमा उपलब्ध भएको छ।
उच्च गुणस्तर, दमदार परफर्मेन्स र अत्याधुनिक प्रविधिको संयोजन भएको यो स्कुटर दैनिक यात्रा, अफिस आवतजावत तथा लामो दूरीका लागि उपयुक्त विकल्प बनेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ECOOTER E3 मा ३००० वाट पीक पावर मोटर रहेको छ, जसले उकालो सडक, अफ–रोड तथा कठिन बाटोमा पनि उत्कृष्ट पिकअप र स्मुथ राइडिङ अनुभव प्रदान गर्छ। यसमा रहेको ७२V ३८Ah (२.७४ kWh) ब्याट्री प्याक ले एकपटकको पूर्ण चार्जमा रियल लाइफमा १०० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ। यस स्कुटरको अर्को विशेषता भनेको यसको ३५ लिटरको विशाल बुट स्पेस हो। जसमा हेल्मेट, ल्यापटप ब्याग, किनमेलका सामान लगायत दैनिक आवश्यक सामग्री सहजै राख्न सकिन्छ।
ECOOTER E3 मा १२ इन्चका ठूला पाङ्ग्रा, डबल डिस्क ब्रेक, Combined Braking System (CBS), Hill Hold Assist, Regenerative Braking System, Parking Sensor, Anti-Theft Alarm तथा Auto Wheel Lock System जस्ता आधुनिक सुरक्षा र स्मार्ट फिचरहरू समावेश गरिएका छन्। यी सुविधाले यात्रालाई थप सुरक्षित, सहज र विश्वसनीय बनाउँछन्।
कम्पनीका अनुसार सारथी ECOOTER E3 उच्च गुणस्तर (High Build Quality) का कारण लामो समयसम्म टिकाउ र कम मर्मत खर्च हुने स्कुटरमध्ये एक हो।
यस स्कुटरको मुख्य शोरुम नागपोखरी मार्ग, नक्सालमा रहेको छ। साथै, देशभर १८ भन्दा बढी शोरुम मार्फत बिक्री तथा सेवा उपलब्ध छ। विशेष रूपमा, काठमाडौं उपत्यकाभित्र मात्रै २० वटा सर्भिस सेन्टर सञ्चालनमा रहेका छन्, जुन नेपालका इलेक्ट्रिक स्कुटर कम्पनीहरूमध्ये सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको कम्पनीको दाबी छ।
किफायती मूल्य, शक्तिशाली मोटर, आधुनिक फिचर र बलियो बिक्रीपछिको सेवाका कारण सारथी ECOOTER E3 नेपाली ग्राहकका लागि भरपर्दो र प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा स्थापित हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

