४ भदौ २०८३, बिहिबार 1787277340
Banner

गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का युवकको उपचारका क्रममा मृत्यु भएको छ। अब त्यहाँको घटनामा ज्यान गुमाउने युवा दुई पुगेका छन् ।

देवानगञ्ज गाउँपालिका ३ निवासी २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा प्रहरीसहित २२ जना घाइते भएका थिए । जसमध्ये १० जना युवालाई गोली लागेको थियो । अहिले पनि गोली लागेका ८ जना युवाहरूको मोरङको विराटनगरका विभिन्न अस्पतालमा उपचार जारी रहेको छ ।