१४ श्रावण २०८३, बिहिबार 1785431229
समाचार

सवारी दुर्घटनामा ११ जनाको मृत्यु, ८४ जना घाइते

काठमाडौँ : देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।

बिहीबार (साउन १४) नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो २४ घण्टामा झापा, धनुषा, नवलपरासी पूर्व, कपिलवस्तु, दाङ, नवलपरासी पश्चिम र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको हो ।

यस्तै, कोशीमा १३, मधेशमा ३२, काठमाडौं उपत्यकामा १३, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १० र सुदूरपश्चिम प्रदेशमा ६ गरी सवारी दुर्घटनामा ८४ जना घाइते भएका प्रहरीको विवरणमा उल्लेख छ । उनीहरुको स्वास्थ्य अवस्था र उपचारका विषयमा प्रहरीले आफ्नो विवरणमा खुलाएको छैन ।