काठमाडौँ : सिराहाको गोलबजारमा भएको झडप नियन्त्रणका क्रममा प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणमा प्रहरीका डिएसपी घाइते भएका छन् ।
घटनामा दुई जनालाई गोली लागेको थियो । प्रहरीमाथि पनि ढुङ्गा प्रहार भएको थियो । पाल थरका डीएसपीको ओठमा ढुंगाले लागेर घाइते भएका हुन् । उनको ओठमा टाँका लगाइएको छ र अहिले उपचारका क्रममा छन् ।

