काठमाडौँ : नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ ।
दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्याँस आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ । काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले आजदेखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।
निगमका अनुसार बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिनेछ ।

