काठमाडौँ । सरकारले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका कारण मृत्यु हुनेको परिवारलाई क्षतिपूर्ति राहत तथा घाइतेहरूलाई उपचारको व्यवस्था गर्ने भएको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
गत साउन १० गते सुनसरीमा भएको घटनापछि सुनसरीमा ३ र सिराहामा एक जनाको मृत्यु हुनुका साथै एक दर्जन भन्दा बढी घाइते भएका छन् ।

