२० भदौ २०८३, शनिबार 1788591063
Banner

चन्द्रमोहन यादवले उठाएको विषयमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले उठाएको ढल्केबर ट्रमा सेन्टरसम्बन्धी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै आपत्ति जनाए।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले बजेटसमेत सुनिश्चित भइसकेको आयोजना अन्यत्र सार्न खोजेको आरोप लगाउँदै त्यसको विरोधमा दिनभर सदनमा उभिएर मौन बस्ने घोषणा गरेका थिए।

सांसद यादवले ट्रमा सेन्टर सार्ने निर्णय तत्काल फिर्ता नलिए आन्दोलन चर्किने चेतावनीसमेत दिए। त्यसपछि सभामुख अर्यालले सांसद यादवले उठाएको विषयबारे सदनलाई स्पष्ट जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन्। सभामुखले भने,ुमाननीय सदस्य चन्द्रमोहन यादवले राख्नु भएको विषय के हो रु यस विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिन्छु।