काठमाडौँ : दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर बजारस्थित कर्णाली राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किँदा हुँदा मोटरसाइकल चालकको च्यापिएर मृत्यु भएको हो । कैलालीको गोदावरी नगरपालिका–८ का ४१ वर्षीय प्रेमबहादुर रोकाय क्षेत्रीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी वरिष्ठ प्रहरी नायब निरीक्षक वरिष्ठ सई जयसिंह गुरुङले बताए।
सुर्खेतदेखि कालिकोट तर्फ जाँदै गरेको भे १ ख ३७१० नम्बरको ट्रकले विपरीत दिशा तर्फ आउँदै गरेको भे १४ प ६७१४ मोटरसाइकल तल्लो डुङ्गेश्वर बजारस्थित पुलमा आपसमा ठोक्किएका हुन्। ट्रक चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

