नयाँदिल्ली । उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तिमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हिमाञ्चल प्रदेशको राजधानी शिमलाबाट करिब ३९३ किलोमिटर उत्तरमा चम्बा जिल्लाको पाहाडी क्षेत्रमा भएको जनाइएको छ ।
यात्रुबहाक बसमा दुर्घटनाको समयमा १८ जना सवार रहेको बताइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
यसैबीच, हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण १८५ वटा सडक बन्द भएको जनाइएको छ ।
राज्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार जुन ३० मा मनसुन सुरु भएदेखि हिमाञ्चल प्रदेशमा १४३ जनाको मृत्यु भएको थियो । ती मध्ये ६५ जनाको वर्षासँग सम्बन्धित घटनामा मृत्यु भएको थियो भने ७८ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । सिन्ह्वा

