काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेर आज प्रधानमन्त्री बालेन शाहसँग भेटेका छन् । भेटवार्तापछि श्रीवास्तावले नेपालको प्रधानमन्त्रीलाई भेट्न पाउँदा सम्मानित महसुस भएको बताएका छन् ।

आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट शुभकामना व्यक्त गरेको तथा नेपाल–भारत बीचको बलियो र बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा सार्थक विचार आदानप्रदान भएको उनले जानकारी दिएका छन् ।
प्रधानमन्त्री सचिवालयले जारी गरेको प्रेस नोटमा भेटवार्तामा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको उल्लेख छ । नेपालका प्रधानमन्त्रीसँग राजदूतको भेटलाई भारतले आफ्नो कुटनीतिक जितका रुपमा लिने छ ।

