काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदैछन्। देउवा दिउँसो १२ः३० मा काठमाडौं आइपुग्ने तय भएको छ। पूर्वप्रधानमन्त्री समेत रहेका देउवा जेनजी आन्दोलनका क्रममा गरिएको सांघातिक आक्रमणमा गम्भीर घाइते बनेपछि उपचारका लागि सिंगापुर गएका थिए।

देउवा दम्पती सिंगापुरमै रहेका बेला उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ पुर्जी जारी गरेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो।
उक्त पक्राउ पुर्जी रोक्न माग राखेर वारेशमार्फत दिएको एक रिटमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी डाक्टर आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको थियो। देउवालाई स्वागतका लागि विमानस्थलमा स्वागतका लागि कांग्रेसको एउटा समूह जाने तयारी छ।

