२८ श्रावण २०८३, बिहिबार 1786632757
समाचार

भक्तपुरको सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत फेला

काठमाडौं । भक्तपुरको बोडेस्थित सुकुमवासी होल्डिङ सेन्टरमा एक व्यक्ति मृत भेटिएका छन् । मृत भेटिनेमा ५७ वर्षीय हिरालाल पासवान रहेका छन् ।

उनी आफू बस्ने कोठाको फ्यानमा सलको पासो लगिएर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनलाई थापाथलीस्थित सुकुमवासी बस्तीबाट हटाएर होल्डिङ सेन्टरमा सारिएको थियो ।