२१ भदौ २०८३, आइतबार 1788699666
समाचार

चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघ नियन्त्रणमा

चितवन । चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघलाइ सफलतापूर्वक नियन्त्रणमा लिइएको छ । बस्तीमा पसेको बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति सरक्षण कोषका कर्मचारी प्राबिधिकहरूले हात्तीकोसहितको टोली खटिएको थियो । उक्त टोलीले बाघलाई करीब साढे ११ बजे सफलतापूर्वक नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ । चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा बाघको आक्रमणबाट एक जना व्यक्ति तथा एक वटा जर्सी गाई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार बिहान करिब ६ः४० बजे चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन् । घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

पछिल्लो समय चितवनको मध्यवर्ती तथा बस्ती नजिकका क्षेत्रमा बाघ देखिने र मानव–वन्यजन्तु द्वन्द्वका घटना बढ्दै गएको भन्दै स्थानीयवासीले सुरक्षा व्यवस्थापनमा थप ध्यान दिन सम्बन्धित निकायसँग माग गरेका छन् ।