१ भदौ २०८३, सोमबार 1786982884
Banner

आशिका तामाङ सभामुखसँग झोक्किइन्, सभामुखले दिए सरकारलाई निर्देशन

काठमाडौं । रास्वपा सांसद आशिका तामाङले विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसद तामाङले धादिङका सन्तोष राईको शव कम्बोडियाबाट नेपाल ल्याउन ३७ दिनदेखि शून्य समयमा आवाज उठाए पनि हालसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।

विदेशमा अलपत्र शव व्यवस्थापन गर्न अर्थ मन्त्रालयले बजेट विनियोजन गरिसके पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाउँदा बजेट कार्यान्वयन हुन नसकेको र आफन्तहरू शव पाउने आशा गुमाउने अवस्थामा पुगेको उनको भनाइ छ ।

आफ्नो प्रश्नको सम्बोधन र सभामुखबाट रुलिङ नआएसम्म सदनमा उभिएरै विरोध जारी राख्ने उनले चेतावनी दिइन् । बैठकमा सभामुख डोल प्रसाद अर्यालले सांसदहरु गोपाल शर्मा र आशिका तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।