काठमाडौं । राीष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको विधान संशोधन कार्यदलको पहिलो बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने भएको हो । रास्वपाले मुख्य सचेतक कविन्द्र बुर्लाकोटको संयोजकत्वमा हिजो १५ सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।
कार्यदल सदस्यमा प्रकाशचन्द्र परियार, क्रान्तिशिखा धिताल, गणेश कार्की, सुलभ खरेल, गजला समिम मिकरानी, मोहनलाल आचार्य, कामिनी चौधरी, पुकार बम, राम लामा, टीका सङ्ग्रौला, शिवजी यादव, पुष्पा चौधरी र समिना मियाँ रहेका छन् ।

