२४ कार्तिक २०८३, मंगलबार Wednesday, 11 November 2026
हामीलाई पछ्याउनुहोस्
२४ कार्तिक २०८३, मंगलबार 5:02 am
Banner

प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियार धाउनु हुँदैन : अमरेशकुमार

सूचना प्रेस २०८३ भदौ ४ बिहिबार ००:००, १३:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीले बोलाउँदैमा अख्तियार धाउन नहुने बताएका छन् । राज्यव्यवस्था सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार प्रधानमन्त्री मातहतको संस्था नभएको बताएका हुन् ।

उनले भने, ‘संसदीय समितिमा आउन मिल्छ, अख्तियार प्रधानमन्त्री मातहतको संस्था होइन। त्यसैले अख्तियारका पदाधिकारीहरू कुनै मन्त्री वा प्रधानमन्त्रीले बोलाउँदैमा त्यहाँ धाउनु हुँदैन। अख्तियारको मर्यादा दिनप्रतिदिन समाप्त हुँदै गएको छ। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।’

उनले न्यायालय र अख्तियार बिचौलिया उत्पादन गर्ने संस्था बनेको बताए । उनले भने, ‘भागबन्डाको राजनीति अन्त्य गरौँ र पूर्व कर्मचारीहरूको क्लब बन्न नदिऔँ। जति संवैधानिक निकाय छन्, ती सबै पूर्व कर्मचारीहरूको क्लब वा आयोग बनेका छन्।’