२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 4:43 am
समाचार

वार्षिकोत्सवको अवसरमा महानगर प्रहरीद्वारा स्वयम्भूनाथमा विशेष सरसफाइ

सूचना प्रेस २०८३ भदौ ७ आइतबार ००:००, ०९:१९ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलले आफ्नो ३४ औं वार्षिकोत्सवको अवसर पारेर आइतबार स्वयम्भूनाथ क्षेत्रमा विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरेको छ ।

भदौ १४ गते मनाइने महानगर प्रहरी बलको ३४ औं वार्षिकोत्सवलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा महानगर प्रहरीका अधिकारी तथा सुरक्षाकर्मी सहभागी भएर स्वयम्भूनाथ आसपासका सडक, सार्वजनिक स्थल र धार्मिक क्षेत्रको सरसफाइ गरेका हुन् ।

स्वयम्भूनाथ विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय क्षेत्र भएकाले त्यस क्षेत्रको स्वच्छता र सौन्दर्य संरक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले सरसफाइ कार्यक्रम गरिएको महानगर प्रहरीले जनाएको छ ।