८ भदौ २०८३, सोमबार 1787602665
Banner

स्याङ्जामा जीप दुर्घटना २ जनाको घटनास्थलमै मृत्यु

कामठाडौँ : स्याङजाको गल्याङ नगरपालिका ०८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित १० जना घाइते भएका छन्।

सोमवार साँझ करिब ५ः४५ बजे गल्याङबाट गल्याङ नगरपालिका –०९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जीप उकालो घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। उक्त दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित १० जना घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ।