४ आश्विन २०८३, आइतबार 1789929316
समाचार

प्रधानमन्त्रीलाई ज्यान मार्ने धम्की दिने युवक पक्राउ

काठमाडौँ : प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जालमार्फत ज्यान मार्ने धम्की दिन् युवक पक्राउ परेका छन्।  उनले इन्स्टाग्राममा स्टाटस गर्दै प्रधानमन्त्री शाहलाई २३ भदौमा सिध्याइदिने भनेर लेखेर प्रहरीलाई ट्याग गरेका थिए।उनले प्रहरीलाई समेत गाली गरेका थिए ।

उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको प्रहरी स्रोतले बतायो। पक्राउ पर्नेमा झापाको भद्रपुर–९ घर भई कीर्तिपुर बस्दै आएका २३ वर्षीय पुस्कर दहाल छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । कीर्तिपुर नयाँ बजारबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ।