काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र साहसँग टेलिफोन कुराकानी गरेका छन् । उनले नेपालमा बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका हुन् ।
‘यस कठिन घडीमा भारतका जनता नेपालका आफ्ना दिदीबहिनी तथा दाजुभाइहरूसँग ऐक्यबद्धताका साथ उभिएका छन् । भारत नेपाललाई सम्भव भएसम्मको सम्पूर्ण मानवीय सहायता उपलब्ध गराउन तयार छ ।
हाम्रा टोलीहरू उद्धार तथा राहत कार्यमा नजिकबाट समन्वय गरिरहेका छन् ।’ टेलिफोन कुराकानीपछि मोदीले फेसबुकमा लेखेका छन् ।

