१३ भदौ २०८३, शनिबार 1787995693
कला/साहित्य

हास्य कार्यक्रम स्थगित

भदौ १३ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानमा शुक्रबारदेखि सुरु हुने ‘८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित भएको छ । आयोजक ब्रान्डवर्थ प्रालिले विज्ञप्ति जारी गरी भदौ १२, १३ र १४ गते हुने कार्यक्रम स्थगित गरिएको जनाएको छ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठुलो जनधनको क्षति भएपछि कार्यक्रम स्थगित गरिएको हो । विज्ञप्तिमा विषम परिस्थितिका कारण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको जनाइएको छ ।