१९ भदौ २०८३, शुक्रबार 1788555792
कला/साहित्य

विष्णु माझीको तीज गीत ‘घरबार’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायिका विष्णु माझीको यस वर्षको बहुप्रतीक्षित तीज गीत ‘घरबार’ सार्वजनिक भएको छ। 

हरेक वर्ष तीजसँगै माझीको नयाँ गीतको प्रतीक्षामा रहने दर्शक–स्रोताका लागि यस बर्षको तीज गीत ‘घरबार’ को म्युजिक भिडियो सार्वजनिक भएको  हो । ‘घरबार’मा शब्द तथा संगीत सुन्दरमणि अधिकारीको रहेको छ भने याम थापा मगरले एरेन्ज गरेका छन्। 

गीतको भिडियोमा ललिता पौडेलको अभिनय  रहेको छ । पौडेलले यसअघि पनि विष्णु माझीका तीज गीतमा अभिनय गर्दै आएकी छन्। विशेषगरी सुन्दरमणि दीक्षितका पछिल्ला तीज गीतहरूमा पौडेलको अभिनय देखिँदै आएको थियो ।

एरेन्जरको रुपमा भने यस बर्ष याम थापा मगरको इन्ट्री भएको छ। पछिल्लो समय एरेन्ज तथा म्युजिक मास्टरिङका कारण नेपाली सांगीतिक क्षेत्रमा थापा चर्चामा छन्। उनले एरेन्ज तथा म्युजिक मास्टरिङ गरेको ‘भकारीका धान मेरा बहादुरे’ गीत पनि  अहिले बजारमा चर्चित  छ।