१४ भदौ २०८३, आइतबार 1788073049
Banner

भोटेकोसीमा फेरि बाढी आउन सक्ने भन्र्दै सतर्कता अपनाउन प्रशासनको आग्रह

काठमाडौं । रसुवाको भोटेकोसीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोलाहुँदै भोटेकोसीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिए ।

सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीबाट ठूलो मानवीय र भौतिक  क्षति भएको थियो । रासस