१४ भदौ २०८३, आइतबार 1788094646
समाचार

बाढी प्रभावित विद्यार्थी र विद्यालयका लागि ग्रेस इन्टरनेसनलको २५ लाख सहयोग

काठमाडौं । ग्रेस इन्टरनेसनलका सह–संस्थापक एन्ड्रयू पौडेलले बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन् ।

पौडेलले शिक्षामन्त्री सस्मित पोखरेलसँग भेट गरी बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीको पढाइमा असर नपर्ने वातावरण बनाउन र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन् । सो अवसरमा उनले ग्रेस इन्टरनेसनल ग्रुपको तर्फबाट बाढी प्रभावित क्षेत्रका विद्यार्थी तथा विद्यालयका लागि २५ लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका छन् ।