काठमाडौँ : झापाको बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटल र धौलागिरी पारिजात बचत तथा ऋण सहकारी संस्था नजिकै रहेको एक घर तथा गोदाममा भीषण आगलागी भएको छ।
आगलागीको स्पष्ट कारण अहिलेसम्म खुल्न सकेको छैन। आगो नियन्त्रणको प्रयास जारी छ। आगो नियन्त्रणका लागि सुरक्षाकर्मी र स्थानीयवासीको टोली घटनास्थलमा परिचालन गरिएको छ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आगलागीबाट थप क्षति हुन नदिन सुरक्षाकर्मी तथा स्थानीयले गोदामभित्र रहेका सामान तथा सामग्रीहरू सुरक्षित स्थानतर्फ निकाल्ने कार्य तीव्र पारेका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

