काठमाडौँ । भोटेकोशीलगायत देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।

ग्रुपले विपद्बाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो । ग्रुपले शोकसन्तप्त परिवारप्रति समवेदना तथा विपद्बाट प्रभावित व्यक्ति र समुदायप्रति सहानुभूति पनि व्यक्त गरेको छ ।जावलाखेल ग्रुपले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपद्बाट प्रभावित समुदायलाई निरन्तर सहयोग गर्दै आएको जनाएको छ ।

