२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 10:13 am
अर्थ

हेल्दी लिभिङ नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा २० लाख रुपैयाँ सहयोग

सूचना प्रेस २०८३ भदौ १८ बिहिबार ००:००, ०६:२९ बजे १ मिनेट पढाइ

काठमाडौँ । बाढी तथा पहिरो पीडितहरूको राहत र पुनर्स्थापनाका लागि हेल्दी लिभिङ नेपाल प्रा. लि. (Healthy Living Nepal Pvt. Ltd.) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ।

कम्पनीको प्रतिनिधिमण्डलले आज उद्योग मन्त्रालयमा पुगेर उद्योग मन्त्री गौरी यादवलाई उक्त रकमको चेक हस्तान्तरण गरेको हो। एभरेस्ट बैंकको २० लाख रुपैयाँ बराबरको चेक मन्त्री यादवलाई बुझाउँदै कम्पनीका प्रतिनिधिहरूले प्राकृतिक विपद्को यस कठिन घडीमा पीडित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरिएको बताएका छन्।  रकम बुझ्दै मन्त्री यादवले कम्पनीको यस सराहनीय कार्यप्रति धन्यवाद व्यक्त गरिन्।