१८ भदौ २०८३, बिहिबार 1788419274
अर्थ

क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेजद्वारा ७ लाख सहयोग

काठमाडौं ।  देशमा आएको विनाशकारी प्राकृतिक विपत्ति तथा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि क्लाउड एजुकेसन एण्ड भिसा सर्भिसेजले ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

संस्थाका अध्यक्ष अनिश गौतमका अनुसार बाढीपहिरो प्रभावित नागरिकको सहयोगार्थ संस्थाले राहत कोषमा ७ लाख रुपैयाँ प्रदान गरेको हो। विपद्को कठिन समयमा पीडित नागरिकलाई केही हदसम्म भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको संस्थाले जनाएको छ।

शैक्षिक तथा भिसा सेवा क्षेत्रमा सक्रिय रहँदै आएको संस्थाले व्यावसायिक जिम्मेवारीसँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको जनाएको छ। संस्थाले प्राकृतिक विपत्तिका बेला प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि देश तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था र व्यावसायिक प्रतिष्ठानलाई आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ।