२४ भदौ २०८३, बुधबार 1789012138
Banner

नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान, शुक्रबारदेखि यातायात चल्ने

काठमाडौं । नुवाकोटको देवीघाटमा एक्रो ब्रिज जडान गरिएको छ । नेपाली सेनाले पाँच दिन लगाएर उक्त स्थानमा पुल जडान बुधबार राति सम्पन्न गरेको हो ।

नयाँ पुल भोलिदेखि पैदलयात्रीका लागि खुला रहनेछ। पर्सिदेखि सवारी सधान चल्ने सेनाले जनाएको छ ।

भोटेकोसी बाढीले पक्की पुल बगाउँदा त्यहाँका बासिन्दा प्रभावित बनेका थिए । सेनाले पुल जडान सम्पन्न गरेसँगै स्थानीयहरूलाई आवागमनमा सहज हुने भएको छ ।