काठमाडौं । प्रधानमन्त्री बालेन साहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

