२५ भदौ २०८३, बिहिबार 1789048652
Banner

ओमानमाथि नेपालको शानदार जित

काठमाडौं : नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमै ६० रनमा अलआउट भएपछि नेपालले प्रभावशाली जित निकालेको हो।

नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे। उनले ब्याटिङतर्फ ५१ रन बनाउनुका साथै बलिङमा ३ विकेट लिएर ओमानको ब्याटिङ लाइनअप ध्वस्त पारे। 

नेपालले अब शनिबार यूएईसँग फाइनल खेल्नेछ।  उक्त खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ।