काठमाडौं । चीन सरकारले नेपालको बाढी पीडितका लागि राहत एवम् उद्वारका लागि पाचौँ खेप राहत सामग्री पठाएको छ । राहत सामग्री बोकेर चियनाँ जनमुक्ति सेना (पीएलए) को वाई–२० ‘ए’ कार्गो विमान शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले विज्ञान, प्रविधि एवं नवप्रवर्तनमन्त्री महावीर पुनलाई राहत सामग्री हस्तान्तरण गरे ।
चीन पठाएको राहत सामग्रीमा डिजेल जेनेरेटर, मेडिकल प्रोटेक्टिभ मास्क, शव राख्ने फ्रिज ९मर्चरी फ्रिजर०, डीएनए परीक्षण उपकरण तथा रिएन्जेट र जल उद्धार उपकरण समावेश छन्।

