२७ भदौ २०८३, शनिबार 1789225144
Banner

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण : रास्ट्रपति डोनाल्ड ट्रम्पसँग होला त भेट ?

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आगामी सेप्टेम्बर २३ मा अमेरिकाको न्यूयोर्क पुग्दै छन्। उनले सेप्टेम्बर २४ मा महासभाको उच्चस्तरीय ‘जनरल डिबेट’लाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट मन्त्रालयले जनाएको छ । महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ।

बालेन प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हुनेछ। यसअघि सरकारको प्रारम्भिक तयारी भने परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने थियो। तर भोटेकोशी–त्रिशूली क्षेत्रमा भदौ १० गते आएको विनाशकारी बाढीपछि नेपालले जलवायु न्याय, विपद् क्षति र अन्तर्राष्ट्रिय सहयोगको विषय विश्वमञ्चमा प्रधानमन्त्रीकै तहबाट उठाउनुपर्ने दबाब बढेपछि बालेन स्वयं न्यूयोर्क जाने भएका हुन् ।

प्रधानमन्त्री शाह सेप्टेम्बर २३ मा न्यूयोर्क पुगेर २४ मा सम्बोधन गर्ने र २५ तारिखमै नेपाल फर्किने तयारीमा छन्। यद्यपि मन्त्रिपरिषद्ले स्वीकृत गरेको औपचारिक भ्रमण अवधि सेप्टेम्बर २२ देखि २६ सम्म रहेको छ।