३० भदौ २०८३, मंगलबार 1789476572
समाचार

सप्तकोशीको जल सतह अझै खतराको बिन्दुमा

सुनसरी : सप्तकोशी नदीको जल सतह विहान ११:१५ बजेसम्म पनि खतराको बिन्दुमा छ । कोशी परियोजनाद्वारा जारी सूचनाअनुसार विहान ११:१५ बजे त्यहाँ एक लाख ६६ हजार २६५ क्युसेक पानी मापन भएको छ । उक्त जल परिमाण गए रातिको तुलनामा कम हो ।

अहिले सप्तकोशी ब्यारेजबाट विहारतर्फ पानी बहावका लागि २० वटा ढोका खुला गरिएको छ । यसअघि २६ ढोकासम्म खोलिएको थियोे ।