३० भदौ २०८३, मंगलबार 1789478507
Banner

नेपालीलाई क्यासिनो छिराएर जुवा खेलाउने ११ पक्राउ

काठमाडौँ : काठमाडौँको बुढानिलकण्ठस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बुढानिलकण्ठ नगरपालिका–१ तौलुङस्थित गरुड क्यासिनोभित्र गैर कानुनी रूपमा नेपाली नागरिक प्रवेश गराई जुवा तास खेलाइरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी विभाग बुढानिलकण्ठको संयुक्त टोलीले सोमबार (भदौ २९ गते) राति करिब २ बजेको समयमा उक्त क्यासिनोमा छापा मारेको थियो।

प्रहरीले क्यासिनोबाट नेपाली नागरिक प्रवेश गराई नगदलाई क्वाइनमा सटही गरी हारजित हुने गरी जुवा खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।