१ आश्विन २०८३, बिहिबार 1789659843
समाचार

सबैभन्दा बढी भ्रष्टाचारको उजुरी पर्ने स्थानीय तह काठमाडौँ महानगर

काठमाडौँ।अख्तियारमा भ्रष्टाचार विरुद्ध सबैभन्दा बढी उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित परेका छन् । स्थानीय तहहरूमध्ये एक वर्षमा काठमाडौँ महानगरसँग सम्बन्धित ४४१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। धेरै उजुरी परेका १० वटा स्थानीय निकायसँग तुलना गर्दा काठमाडौँ महानगरसँग सम्बन्धित उजुरी धेरै देखिएको हो।

काठमाडौँ महानगरपछि धेरै उजुरी परेको स्थानीय तहहरू पोखरा महानगरपालिका, विदेह नगरपालिका धनुषा, पर्साको छिपहरमाई गाउँपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, सिरहाको सिरहा नगरपालिका, बाराको जितपुर सिमरा उपमहानगरपालिका, सुवर्ण गाउँपालिका, पर्साको वीरगञ्ज महानगरपालिका र बाराको पचरौता नगरपालिका रहेका छन्।

आर्थिक वर्ष २०८२–०८३ मा आयोगमा परेको उजुरीको विश्लेषण गर्दा सो अनुपात देखिएको अख्तियारका प्रवक्ता (सहसचिव) सुरेश न्यौपानेले जानकारी दिए।