४ आश्विन २०८३, आइतबार 1789938370
Banner

मनास्लुमा हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु

गोरखा । मनास्लु हिमपहिरोमा पुरिएर दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् ।

मनास्लु हिमाल आरोहणका क्रममा शनिबार उनीहरू तेस्रो शिविर पुगेका थिए । राति एक्कासी हिमपहिरो आएर टेन्टभित्र सुतिरहेका उनीहरूलाई पुरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार मौसम बिग्रिएर ठूलो पानी परेपछि अन्य आरोही दोस्रो शिविरतर्फ झरेपनि उनीहरू तेस्रो शिविरमै बसेका थिए ।

मकालु एड्भेन्चरबाट मनास्लु आरोहणका लागि गएका उनीहरूको शव सोमबार हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंं लैजाने तयारी गरिएको बताइएको छ ।