काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले कार्यदलले तयार पारेको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालयमा बसेको बैठकले रामबहादुर थापा बादलले पेस गरेको प्रतिवेदन स्वीकार गरेको नेता लेखराज भट्टले जानकारी दिए।
यसअघि प्रतिवेदनमा नेतृत्वसम्बन्धी उठेका सबै विषय हटेको र मतभेदका कुराहरू पनि सबै हटेको उनले बताए। उक्त प्रतिवेदनमाथि सोमबारबाट बस्ने केन्द्रीय समिति बैठकमा छलफल हुने नेता भट्टको भनाइ छ। एमाले केन्द्रीय समिति बैठक सोमबारबाट बस्दै छ।

