५ आश्विन २०८३, सोमबार 1789986420
समाचार

२ राउन्ड हवाई फायर गरेर गाँजा कारोबारी पक्राउ

काठमाडौँ : पर्साको पटेर्वासुगौली गाउँपालिका–१ मलाही टोलमा प्रहरीले २ राउन्ड हवाई फायर गर्दै करिब ३३ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

आइतबार राति करिब १० बजे मलाही टोलमा अवैध रूपमा गाँजाको कारोबार भइरहेको विशेष सूचनापछि इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा प्रहरी टोली परिचालन भएको थियो।

प्रहरी टोलीले कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन २ राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–१ का नन्दलाल सहनी, महेश सहनी र भुटी सहनी छन्। उनीहरूको साथबाट करिब ३३ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।