६ आश्विन २०८३, मंगलबार 1790073926
Banner

एमाले केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको आज दोस्रो दिनको बैठक सुरु भएको छ । भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम सुरु भएको हो । हरेक केन्द्रीय सदस्यले बढीमा तीन मिनेटमा पार्टी, अध्यक्षको प्रतिवेदन जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरु राख्ने गरी समय व्यवस्थापन गरिएको छ ।

आजको बैठकमा केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनय, विभागहरुको गठन, पोलिटव्यूरो गठन, स्थायी कमिटीको गठनका एजेण्डा अघि बढाउने तयारी छ । यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुशासनका सम्बन्धमा दृष्टिकोण बनाउने पनि यही बैठकले गर्नेछ । हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।