४ आश्विन २०८१, शुक्रबार 1726843116
Banner

आन्तरिक उडान बन्द नहुने, नियमित उडान गर्न मध्यरातमा सहमति

काठमाडौं । वायुसेवा सञ्चालक संघ र नेपाल नागरिक उड्डयन प्राधिकरणबीचको विवादमा मध्यरातमा सहमति भएपछि आजदेखि सबै आन्तरिक उडान नियमित हुने भएको छ । वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच मंगलवार मध्यरातमा सहमति भएको हो । वायुसेवा सञ्चालक संघका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता, नियमित उडान र हेलिकप्टरका प्रतिनिधिसहित ९ जनाको टोली तथा प्राधिकरणका महानिर्देशकसहितको टोलीसँग वार्ता भएपछि उडान नियमित गर्ने सहमति भएको हो ।
मंगलबार राती सवा ११ बजे सकिएको वार्तामा वायुसेवाले आन्तरिक उडान बन्द नगर्ने र प्राधिकरणले पनि वायुसेवाका जायज मागका विषयमा सकारात्मक रहेको प्रतिकृया दिएपछि उडान नियमित गर्ने सहमति भएको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज शर्मा कँडेलले बताए ।

यस्तो थियो वायुसेवा सञ्चालक संघ र प्राधिकरणबीच विवाद
प्राधिकरणले आन्तरिक उडान राति १२ बजेसम्म उडान गर्ने गरी विमान कम्पनीहरूलाई निर्देशन दिएपछि विमान कम्पनीहरूले तयारी नपुगेको भन्दै बरु उडान बन्द गर्ने चेतावनी दिएका हुन । प्राधिकरणको तयारी विनाको निर्देशन पालना नगर्ने घोषणा वायुसेवा कम्पनीले गरेका थिए ।

प्राधिकरणले पछिल्लो पटक ५ असारमा वायुसेवा कम्पनीहरूलाई तोकिएकै स्थानलाई आधार उडान (बेस) बनाउन निर्देशन दिएको थियो । यस्तो निर्देशनले विमान कम्पनीहरूले उडान सञ्चालन अनुमति (एनओसी) लिँदा जुन विमानस्थलमा गएर रात बस्ने भनेको हो त्यहीँ जानुपर्ने हुन्छ । प्राधिकरणको यही नियम विरुद्ध वायुसेवा कम्पनीले विरोध गरेका हुन् ।

प्राधिकरणले हेलिकोप्टरहरूले असार ८ गतेदेखि र नियमित उडानका वायुसेवाले १३ गतेदेखि काठमाडौं बाहिरका रात्री उडान हुने विमानस्थलमै गएर सेवा दिनुपर्ने र तोकिएका विमान उही लानुपर्ने निर्देशन दिएको थियो । सोही निर्देशनपछि वायुसेवा कम्पनीलाई असहमति जनाएका हुन् ।

प्राधिकरणको निर्णय

प्राधिकरणको बैठकले हवाई जहाज सञ्चालक कम्पनीले यही असार १३ देखि तोकिएको आधार (अप्रेशन वेस) विमानस्थठलमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने र हेलिकोप्टर कम्पनीले पनि असार ७ गतेदेखि तोकिएको बेस विमानस्थमा रात्रि बिसान गरी पहिलो उडान सोही विमानस्थलबाट गर्ने निर्णय गरेको थियो ।

त्रिअविमा रहेको आन्तरिक वायुसेवा कम्पनीका अप्रेशन बेस उपत्यका बाहिर स्थानान्तरण गर्ने प्रयोजनका लागि अध्ययन एवं सुझावका लागि गठित समितिले दुई महिनाअघि गठन भएको समितिमा प्राधिकरणका उच्च अधिकारी एवं वायुसेवा सञ्चालक संलग्न रहेका छन् । सोही समतिको प्रतिवेदनका आधारमा प्राधिकरणले निर्णय लिएको हो ।

समितिले आन्तरिक वायुसेवा कम्पनीहरूले विमान किन्दा वा थप गर्दा मन्त्रालयले अपरेशन वेस प्राधिकरणको सिफारिसअनुसार मात्र तोक्ने सिफारिस गरिएको छ । ती हवाई सेवा कमपनीले हालसम्म तोकिएका सञ्चालन आधार लिई त्रिअविको मौजुदा विसान क्षमताअनुसार मात्र गर्ने ।

सोभन्दा अधिक सङ्ख्यामा विमानलाई अपरेशन वेस राख्न पूर्वाधार भएका बाहिरी विमानस्थलमा स्थानान्तरण गर्ने भनिएको छ । काठमाडौँमा बेस राख्न नसकिने विमानस्थलको हकमा रात्रिकालीन उडान सञ्चालन हुने उपत्यका बाहिरका अपरेशन वेसका लागि आवश्यक न्यूनतम पूर्वाधार भएका विमानस्थलमा सञ्चालन आधार तोक्ने उल्लेख छ ।