१० आश्विन २०८३, शनिबार 1790407478
Banner

यी प्रदेशमा आज भारी वर्षाको पूर्वानुमान

काठमाडौंः काठमाडौंः देशका विभिन्न स्थानमा आज धेरै भारी वर्षाको सम्भावना छ। दिउँसो र राति नै धेरै भारी वर्षाको सम्भावना छ।आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको नेपाल मौसम विज्ञानले बताएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, साथै मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशको तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान छ। कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

विभागले राति वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लाग्ने बताएको छ। कोसी र मधेस प्रदेशमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका अधिकांश स्थानमा, तथा वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कोसी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका अधिकांश स्थानमा, वाग्मती प्रदेशको तराई भूभागका धेरै स्थानमा र मधेस प्रदेश तथा कोसी प्रदेसको तराई भूभागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा अति भारी वर्षाको सम्भावना छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागको भनाइ छ।

देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। बलियो न्यूनचापीय प्रणाली भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ प्रदेश आसपासमा छ। यो प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने न्यूनचापीय प्रणालीको रूपमा रहने सम्भावना रहेको विभागले बताएको छ।