१६ असार २०८३, मंगलबार 1782871327
Banner

प्रधानसेनापति र लेवनानका प्रधानमन्त्रीबीच भेट

काठमाडौं । लेवनानस्थित शान्ति मिसन क्षेत्रको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका प्रधानमन्त्री नजिव आजमी मिकातीसहितका उच्च अधिकारीहरुसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानसेनापति शर्माले मंगलबार नै त्यहाँका रक्षामन्त्री मौरिस स्लीम, सभामुख नबिह बेरी र लेवनानका सैनिक कमाण्डर जनरल जोसेफ खलिल आऊनसँग शिष्टाचार भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकको भूमिका, नेपाल र लेवनानबीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवं हितका विषयमा छलफल भएको बताइएको छ।

प्रधानसेनापति शर्मा यही असार ४ गते औपचारिक भ्रमणका लागि त्यसतर्फ गएका थिए।