काठमाडौं । रास्वपा सांसद अमरेश कुमार सिंहले आफूसहित पार्टी सभापति रवि लामिछाने, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेतामाथि सरकारले सुराकी गरिरहेको आरोप लगाएको विषयमा सरकारले मुख खोलेको छ ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले आरोपमा कुनै सत्यता नरहेको बताएका हुन् । सरकारले कसैप्रति निगरानी नगरेको स्पष्ट पारे ।
उनले भने, ‘उहाँले कसरी भन्नुभयो थाहा छैन, कसैप्रति निगरानी गरिएको छैन। उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो, त्यसको जानकारी उहाँहरूबाटै लिनुपर्छ।’

