१४ आश्विन २०८३, बुधबार 6:20 pm
Banner

पाँच देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ : नेपालका लागि पाँच देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

बुधबार राष्ट्रपति कार्यालयमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा थाइल्यान्ड, सङ्घीय गणतन्त्र ब्राजिल, इस्लामिक गणतन्त्र पाकिस्तान, फ्रान्स र गणतन्त्र कोरियाका नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

राष्ट्रपति कार्यालयका अनुसार समारोहमा नेपाल सरकारका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो। नवनियुक्त राजदूतहरूलाई लाजिम्पाटस्थित सम्बन्धित दूतावासबाट राष्ट्रपति कार्यालयसम्म राष्ट्रिय झण्डासहितको बग्गीमा सवारी गराइएको थियो।