बझाङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बझाङमा भएको निर्वाचनबाट खुलातर्फ अभिषेकबहादुर सिंहले सर्वाधिक ९८८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। दलित खुलातर्फ सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’ले ९३३ मत प्राप्त गर्दै जिल्लामा दोस्रो सर्वाधिक मत पाएका छन्।
खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित भएका छन्। अभिषेकबहादुर सिंह ९८८, ज्ञानबहादुर बोहरा ७५९, खडकबहादुर बोहरा ७५६, सत्यराज भण्डारी ६५३, उत्तम रोकाया ६३४, जगतप्रसाद जोशी ६२८, विष्णु ऐडी ६१८, दलबहादुर बिष्ट ५३३, चेतराज बजाल ५२३ र ईश्वरबहादुर मल्ल ५०२ मतसहित निर्वाचित भएका छन्।
खुला महिलातर्फ शान्तिकुमारी बोहरा पुजारा ८४९, जयन्ती जोशी ८१६, शान्तिकुमारी महत ७१८ र धिरा खत्री ६१६ मतसहित निर्वाचित भएका छन्।
खस आर्य पुरुषतर्फ कलकबहादुर बोहरा ४६३, उत्तमराज जोशी ४३०, पुस्कलबहादुर बोहरा ४२९ र कमलबहादुर सिंह ३३७ मतसहित निर्वाचित भएका छन्। खस आर्य महिलातर्फ मनिषा धामी ५९९, गौरीकुमारी अधिकारी ५६९, उत्तराकुमारी कुईकेल ४७७ र धनलक्ष्मी कुमारी सिंह मल्ल ४६५ मतसहित निर्वाचित भएका छन्।
३५ वर्षमुनिको युवा खुलातर्फ उमेशकुमार जेठारा ३६३ र उत्तमकुमार खड्का ३५२ मतसहित निर्वाचित भएका छन्।
समावेशी, पेसागत तथा श्रमिक क्लस्टरतर्फ दलित खुलाबाट प्रकाश रसाइली ‘स्नेही’ ९३३, दलित समानुपातिकतर्फ मन्जित ताम्राकार ८०२, पेसागत विषय विज्ञतर्फ उत्तमबहादुर मल्ल ७८४, श्रमिकतर्फ रमानन्द जोशी ६९६, ३५ वर्षमुनिको युवा महिलातर्फ सुमिता खड्का ५९१ र अपाङ्गतातर्फ नन्दकृष्ण जोशी ४२४ मतसहित निर्वाचित भएका छन्।
यसैगरी दलित महिलातर्फ निर्मला बि।क। र प्रजातान्त्रिक सेनानीतर्फ चित्रबहादुर मल्ल निर्विरोध निर्वाचित भएका छन्।बझाङबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जिल्लाको प्रतिनिधित्व गर्नेछन्।

